एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुथेली बुखेरी हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
जोशी हाइड्रोपावरको ८.७०%, कुमारी सबल योजनाको ५%, नेशनल हाइड्रोपावरको ३.९८%, मन्दाकिनी हाइड्रोपावरको ३.९७%, प्रभु बैंक डिबेन्चरको २.७३%, एनआईसी एसिया सेलेक्ट फण्डको २.७३%, माउन्टेन इनर्जीको १.९८%, साइन रेसुंगा डेभलपमेन्ट बैंकको १.९७%, खानी खोला हाइड्रोपावरको १.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स