करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्टकचरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख, जानकी फाइनान्सको १८ करोड ४९ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड २३ लाख, नेपाल फाइनान्सको १२ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स