शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बिहान ९ बजे राष्ट्रिय सभा गृह, सिटी हल भृकुटीमण्डपमा डाकेको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीको उक्त लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स