नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त निर्णय विद्युत नियमन आयोगले स्वीकृति दिई साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स