ओभरसिज नेपालिज इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने

काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (ओनिक) ले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित आठौं साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले सभा पुस २१ गते आइतबार अनामनगरस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्काशन गर्ने, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र जारी पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारितका लागि पेश गरिनेछ।

प्रतिक्रिया

हेडलाइन्स