काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने
प्रस्तावसहित पुस २२ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा ने.वि.प्रा.को सभाहल, रत्नपार्क, काठमाडौंमा बिहान ११ बजे डाकेको हो । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।