आजबाट बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन सकिने

काठमाडौं । बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले आज मंसिर २७ गतेदेखि १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यस हकप्रद सेयरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गरेको छ ।

यसमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स