काठमाडौं । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा डाकेको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
साथै, बैठकले आव २०८०/८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पुँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिसेयर १०० का दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
कम्पनीको उक्त निर्णय विद्युत नियमन आयोगले स्वीकृति दिई साधारण सभाबाट पारित भएपछि हकप्रद बिक्री प्रक्रिया अघि बढ्नेछ।