काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तसहित ३ कम्पनीको साढे ३३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार, स्वावलम्बन लघुवित्त, गुराँस लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको गरि कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल २० लाख ६६ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ ।
गुराँस लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको छ ।
अरुण भ्याली हाइड्रोपावरको ३ प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार ७७८ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।