नेप्से ४५ अंकले बढ्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाख ८६ हजार कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्यादी हाइड्रोपावरको ९.९७%, कुथेली बखेरी स्मल हाइड्रोपावरको ९.६२%, नारायणी डेभलपमेन्ट बैंकको ८.८१%, माथिल्लो मैलुङ खोला जलविद्युतको ८.५१%, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको ७.१६%, समलिङ पावरको ६.५४%, भूगोल इनर्जीको ५.८३%, माया खोला हाइड्रोपावरको ५.६४%, युनियन हाइड्रोपावरको ५.५२%, प्रोगेशिभ फाइनान्सको ५.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स