५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाख ८६ हजार कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिभर फल्स्को २० करोड २५ लाख, एनआरएन इन्फास्ट्रक्चरको ११ करोड ८१ लाख, जोशी हाइड्रोपावरको ९ करोड ८५ लाख, एचआईडीसीएलको ८ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स