एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

साथै, बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा पौष २४ गते आह्वान गरेको छ ।

कम्पनीले सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स