पारित भयो प्रिमियम इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति पाउँछन् सेयरधनीले

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनश सेयर र कर प्रयोजन समेत गरी ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछ । उक्त बोनश सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स