उन्नती सहकार्य लघुवित्तले संशोधित लाभांश घोषणा, बोसन सेयर कति ?

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संधोशिध लाभांश घोषणा गरेको छ । उक्त संस्थाले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने गरी संशोधित लाभांश घोषणा गरेको हो ।
लघुवित्तले गत असार मसान्तको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको सो बराबर बोनस सेयर दिने घोषणा गरेको हो । लघुवित्तले यस अघि ३२ प्रतिशत बोनस सेयर वितरण वितरण गर्ने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुपार ग्राहक संरक्षण कोषमा रकम छुट्याउनु पर्ने भएका कारण लघुवित्तको लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ । ३० प्रतिशतका दरल बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स