नेप्सेमा एक वाणिज्य बैंकसहित ४ कम्पनीको १ करोड ७९ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित ४ कम्पनीको १ करोड ७९ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, एभरेष्ट बैंक लिमिटेड, कामना सेवा विकास बैंक, अपि पावर र सीईडीबी होल्डीङस्को गरि कुल १ करोड ७९ लाख ८२ हजार ९३७.७१६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने कुल १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर सूचीकृत भएको छ ।

कामना सेवा विकास बैंकको ७ प्रतिशतले हुन आउने कुल २२ लाख ९६ हजार ८१५.२७ कित्ता सेयर सूचीकृत भएको छ ।

अपि पावरको ५ प्रतिशतले हुन आउने कुल २८ लाख ९३ हजार २९८.९५६ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, सीईडीबी होल्डीङस्को ११ प्रतिशतले हुन आउने कुल १० लाख २४ हजार ९१९.६१ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स