काठमाडौं । सेयर बजारमा एउटा कम्पनी वा समग्र बजारमा चलेको ट्रेन अरु कम्पनी वा अन्य क्षेत्रमा पनि ट्रेन्ड फलो गर्ने प्रवृत्ति रहन्छ । अहिलेको बजारको यस परिस्थितिमा एसियन लाइफ इन्स्योरेन्सलाई लिन वा हेर्न सकिन्छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि राइट सेयर र बोनस सेयर छिटै घोषणा गर्दैछ ।
यस कम्पनीले दोस्रो बजारबाट विभिन्न कम्पनीका अक्सनका सेयरहरू सस्तो मूल्यमा उठाएर मार्केटको ट्रेन्ड अनुसार आफू चलेर एसियन लाइफ कम्पनीले आफूलाई अब्बल सावित गरेको छ ।
विभिन्न सेक्टरमा लगानीलाई विविधिकरण गरेर आफ्नो लगानी रणनीतिलाई सफल र सवल बनाउन सफल भएको छ । जसले गर्दा आफ्नो कम्पनीमा लगानी गर्ने लगानीकर्तालाई धेरै भन्दा धेरै मुनाफा खुवाउन सक्ने प्रवृत्ति यसमा देखिन्छ । अबको ट्रेन्डको दोस्रो रुपमा हामीले एसियन लाइफ कम्पनीलाई लिन सक्दछौँ ।
किनभने यस कम्पनीले पनि बोनस र राइट सेयर घोषणा गर्दैछ । जसको बोनस र राइट सेयर पछाडि पनि यसैगरी मूल्य बढ्ने कुरामा ढुक्क हुन सकिन्छ । यस कम्पनीले विभिन्न अक्सनका सेयरहरू सस्तो मूल्यमा किनेर मार्केटको ट्रेन्ड अनुसार महँगो मूल्यमा बेचिरहेको छ ।
यसले लगानीलाई विविधिकरण गर्दै विभिन्न क्षेत्रमा र एयरलाइन्सहरू लगायत विभिन्न क्षेत्रमा लगानी गरेको छ। जसले राम्रो प्रतिफल खुवाउन सक्ने आशा गर्न सकिन्छ सेयर बजारमा अहिलेको फेज भनेको एक चरणको बुलिस ट्रेन्डको स्पष्ट संकेत आइसकेपछिको एकुमुलेसनको फेज हो।
र केही समयमै सेयर बजारले विगतको माथिल्लो बिन्दुलाई तोडेर अझ माथिल्लो हाइट बनाउने कुरामा लगानीकर्ताहरु विश्वस्त रहेका छन् र सोही अनुसार लगानी बढाइरहेको देखिन्छ। सेयर बजारको विपरीतमा रहने ब्याजदर पनि घट्दै गइरहेको छ ।
लगानीका अन्य क्षेत्रहरु पनि खुम्चिदै जाँदाखेरि सेयर बजार मात्रै लगानीको स्पष्ट क्षेत्र हो। भन्ने आभास भएको छ र छिटै नै सेयर बजारमा विगतको ३२२७ को बिन्दुलाई तोडेर अझ हाइ कायम हुँदै सेयर बजार पूर्ण बुलिश चरणमा प्रवेश गर्नेछ, भन्ने अनुमान गर्न सकिन्छ।
किनभने अहिले लाइफ इन्स्योरेन्स कंम्पनि नेपाल लगायत अन्य कंम्पनिहरुले पनि यस बुलिस चरणको यात्रा लाई प्रमाणित गरीदिएका छन् । जुन कुरा अहिलेको तत्कालको सेयर वजारको प्रवृत्तिले लगानी कर्तालाई बजार बुलिस चरणमा गएको आभास दिलाएको छ।