साढे ८ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८१ लाख ६० हजार कित्ता सेयर ८ अर्ब ५२ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको २६ करोड ५१ लाख, बेष्ट फाइनान्सको २४ करोड ६ लाख, एनआरएन इन्फास्ट्रक्चरको २३ करोड ८७ लाख, एनआईसी एसिया बैंकको १७ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स