काठमाडौं । सोमबार, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ३० लाख ११ हजार कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, तारागाँउ रेजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावरमा १०, जोशी हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
अप्पर स्याँगे हाइड्रोपावरको ९.९५%, एलआईसी नेपालको ९.३६%,अप्पर लोहोरे खोलाको ९.१९%, ओरियन्टल होटलको ७.८०%, रिभर फल्स् नेपालको ७.५३%, कालिन्चोक दर्शनको ७.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।