काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ३० लाख ११ हजार कित्ता सेयर १० अर्ब ५४ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५९ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख, जानकी फाइनान्सको २७ करोड ५१ लाख, एनआरएन इन्फास्ट्रक्चरको २४ करोड २४ लाख, एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।