सिद्धार्थ केबलकारले १ः१२५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुका लागि जारी गर्न लागेको हो ।

इच्छुकले हकप्रद खरिदका लागि माघ ७ गतेसम्म बुटवलमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स