काठमाडौं । बिहीबार, नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, विशाल बजार र विन नेपाल लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सपोर्ट माइक्रो फाइनान्सको ९.९८%, पाँचथर पावरको ८.३३%, एलआईसी नेपालको ८.११%, जानकी फाइनान्सको ७.८६%, मितेरी डेभलपमेन्ट बैंकको ५.३१%, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ४.८५%, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९%, नेपाल फाइनान्सको ३.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।