नेप्से ३८ अंकले बढ्दा ८ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, विशाल बजार, कर्णाली डेभलपमृेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रो फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्तमा १०%, ग्रीन डेभलपमेन्ट बैंकमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सुपर मदी हाइड्रोपावरको ९.९५%, एलआईसी नेपालको ९.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स