काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड १६ लाख, पीपल्स् हाइड्रोपावरको २४ करोड ७२ लाख, नेपाल फाइनान्सको २४ करोड १७ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २२ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।