काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भएका सन्तोषनारायण श्रेष्ठले अर्थमन्त्रीसमक्ष सपथ ग्रह गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजना भएको कार्यक्रममा उनले सपथ ग्रहण गरेका हुन् ।
सोमबार भएको मन्त्रीपरिषदको बैठकले उनलाई अध्यक्षको नियुक्ति दिएको थियो । डा नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस भएको थियो ।
१९ जनाले आवेदन दिएकोमा अन्तिम तीनमा उनीहरु परेका थिए ।