साढे ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४२ लाख ९२ हजार कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ३३ करोड ६ लाख, एनआरएनको २८ करोड ८३ लाख, कर्णाली डेभलपमेन्ट बैंकको २५ करोड ६७ लाख, जानकी फाइनान्सकोे २२ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स