काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश छुट्याएको छैन ।
उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।