काठमाडौं । नेपाल धितोबोर्ड (सेबोन) को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैंठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो।
जसमा डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
बोर्डको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि रिक्त रहेको थियो ।