ङादी ग्रुप पावरले तय गर्यो हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

नेपाल धितोबोर्ड (सेबोन)ले कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स