काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा पुस १ गते होटल सारथी, धुलिखेल, काभ्रेमा दिउँसो साढे २ बजे डाकेको हो ।
कम्पनीले सभामा आईपीओ प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।