गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति प्रदान गरको हो ।

बोर्डले अनुमति प्रदान गरेसँगै अब कम्पनीले १०० रुपैयाँ अंकित दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ ।

जसमा कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स