युनाइटेड इदी मर्दीको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आर.बि हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर प्रयोजनको लागि) गरि कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, बैठकले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स