लिवर्टी ईनर्जीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ७५ लाख कित्ता सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिवर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम मिति पुस ७ गते तोकिएको छ।

इक्रा नेपालले कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानीका लागि १५ करोड ३२ लाख र लोदोखोला साना जलविद्युत आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गर्न प्रयोग गरिने बताएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स