काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रतिसेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।