काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५४ लाख कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कर्पेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्तमा १०%, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सपोर्ट माइक्रो फाइनान्सको ९.९७%, सुपर मदी हाइड्रोपावरको ८.४२%, माथिलो मैलुन जलविद्युतको ७.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।