नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक सेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स