प्रभु केबलकारले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

सोमबार प्रभु केबलकार र कुमारी क्यापिटल लिमिटेडबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा प्रभु केबलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

प्रभु केबलकारको लगानीमा ३ वटा केबलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा रहेको सिद्धार्थ केबलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केबलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबलकार बुटवल स्थित फुलबारी पार्कमा रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ ।

त्यस्तै, यस प्रभु केबलकारको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।

यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ । कम्पनीले चालु आ.व.को पहिलो त्रैमासमा ५ करोडभन्दा बढि मुनाफा आर्जन गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स