काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजीको १ः१ (एक सेयर बराबर एक सेयर) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।
साथै, बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि बताएको छ।
हकप्रद सेयर निष्काशनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।