समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ४ जनाले पाए १–१ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कम्पनीको एफपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

जसमध्ये १ करोड ९६ लाख ६८ हजार २२० कित्ता सेयर खरिदका लागि परेको १३ लाख ४७ हजार ५१३ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

कुल आवेदकमध्ये ३५ हजार ९० जनालाई १० कित्ताका दरले ३ लाख ५० हजार ९ सय कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको ४ कित्ता सेयर ५ जनालाई थप वितरण गरिएको छ । जसमध्ये ४ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.२५ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ ।

कम्पनीले कार्तिक १२ गतेदेखि कार्तिक २० गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन गरेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापुँजीमा पुँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकम बराबरको एफपीओ निष्काशन गरेको हो ।

एफपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइट बाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धकको वेबसाइट : https://muktinathcapital.com/share-allotment

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स