समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भोलि, करिब १४ लाख आवेदकको हात खाली हुने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको एफपीओ भोलि कार्तिक ३० गते बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको एफपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ४२० जनाले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । जुन मागभन्दा ६०.७२ गुणा बढी हो ।

कम्पनीको एफपीओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ ।

कम्पनीको एफपीओमा करिब ३५ हजार आवेदकले मात्रै सेयर पाउने भएका छन् भने करिब १४ लाख आवेदकको हात खाली हुने देखिएको छ ।

कम्पनीले कार्तिक १२ गतेदेखि कार्तिक २० गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन गरेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापुँजीमा पुँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकम बराबरको एफपीओ निष्काशन गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स