पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५३ लाख कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सप्तकोशी डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्तमा १०%, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स, समृद्वि फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

रावा इनर्जीको ९.९१%, बलेफी हाइड्रोपावरको ९.८८%, सपोर्ट माइक्रो फाइनान्सको ९.१५%, जानकी फाइनान्सको ९%, ग्रीन डेघलपमेन्ट बैंकको ८.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स