काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।
मंगलबार, नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६७ लाख कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गुराँस लघुवित्त, मन्छियम हाइड्रोपावरमा १०%, एनएलजी इन्स्योरेनस, बेष्ट फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
समृद्वि फाइनान्सको ९.६१%, समाज लघुवित्तको ७.२५%, सपोर्ट माइक्रो फाइनान्सको ७.२२%, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ७.१९%, मन्दाकिनी हाइड्रोपावरको ६.२८%, जानकी फाइनान्सको ५.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।