काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको करिब साढे १ करोड कित्ता सेयर सूचीकृत भएको छ ।
सोमबार, समाज लघुवित्त वित्तिय संस्था लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर र आँखुखोला जलविद्युत कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा समाज लघुवित्त १४.२५ प्रतिशतले हुन आउने कुल २८ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशतले हुन आउने २ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, आँखुखोला जलविद्युतको १५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।