६ कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ४५ लाख कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सपोर्ट माइक्रो फाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तमा १०% र माछापुच्छ्रे बैंकको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

कुथेली बुखेरी स्मल हाइड्रोपावरको ९.९७%, सीवाईसी नेपाल लघुवित्तको ९.९३%, गुडवील फाइनान्सको ९.८४%,नारायणी डेभलपमेन्ट बैंकको ९.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स