साढे ११ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ४५ लाख कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, साहस उर्जाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३८ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २६ करोड १५ लाख, अरुण भ्याली हाइड्रोपावरको २५ करोड १० लाख, सानिमा माई हाइड्रोपावरको २२ करोड ७६ लाख, समृद्वि फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स