काठमाडौं । बुढानीलकण्ठ हेरिटेज होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा मंसिर १४ गते कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे डाकेको हो ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै,आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् ।