काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार सामान्य अंकले घटेको छ ।
बुधबार, नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १६ लाख कित्ता सेयर ५ अर्ब २२ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पिपल्स् हाइड्रोपावरको २३ करोड ९४ लाख, समृद्वि फाइनान्सको २३ करोड ७५ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १९ करोड ७३ लाख, नेपाल एसबीआई बैंक डिबेन्चरको १५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।