एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख १३ हजार कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुपर माई हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
समाज लघुवित्तको ९.९५%, युनाइटेड मोदी हाइड्रोपावरको ९.९१%, गुराँस लघुवित्तको ९.३२%, रसुवागढी हाइड्रोपावरको ८.७५%, एनआईसी एसिया सेलेक्ट फण्डको ८.०२%, सान्जेन जलविद्युतको ७.३९%, बलेफी हाइड्रोपावरको ६.२५%, मानुषी लघुवित्तको ५.६८%, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स