नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको जहाज छुट्यो, अब बंगलादेशबाट बसको यात्रा गर्दै नेपाल आउने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बंगलादेशबाट नेपाल फर्किने जहाज छुटेको छ ।

नेपाली महिला टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा गएको थियो ।

कोभिड–१९ प्रोटोकल पालन हुन नसकेपछि महिला टोलीले बिहीबारका लागि ढाकाबाट काठमाडौंका उडान छुटेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

कोभिडको पीसीआर रिपोर्ट नहुँदा विमानस्थलमा नेपाली टोली प्रवेश गर्न सकेन् ।

क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ ।

हवाई उडान छुटेपछि नेपाली टोली बसबाट नेपालको यात्रा गर्ने जनाइएको छ ।

नेपाली टोली बिहीबार साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ ।

नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् ।

बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत ३ मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिमले बंगलादेशमा सिरिज जितेको थियो ।

बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ ।

दोस्रो खेल २३ मा भुटानसँग, तेस्रो खेलमा कुवतेविरुद्ध नोभेम्बर २५ मा खेल्नेछ ।

मलेसियासँग नोभेम्बर २६ मा र पाँचौ तथा अन्तिम खेलमा २८ तारिकमा यूएईसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स