एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले न्यूजिल्याण्डसामु १ सय २५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।
अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । उनले ४८ बलको सामना गर्दा ६ चौका र ३ छक्का प्रहार गरे ।
न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्ट सर्वाधिक ३ विकेट, टिम साउथी २ तथा एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान एक–एक विकेट विकेट लिए ।
अफगानिस्तानले दिएको लक्ष्य न्यूजिल्याण्डले पुरा गरेर भारत विश्वकपबाट बाहिरिने छ । भारतसँग ४ खेलमा २ जित र २ हार सहित ४ अंक छ । न्यूजिल्याण्डले ४ खेलमा ३ जित सहित ६ अंक छ । अफगानिस्तानसँगको खेल जितेमा न्यूजिल्याण्डको ८ अंक हुनेछ ।
भारतले अन्तिम खेलमा नामेबिलयालाई पराजित गरे पनि विश्वकपबाट बाहिरिने छ । अन्तिम खेल जित्दा भारतको जम्मा ६ अंक हुनेछ ।