नेपाल र श्रीलंकाबीचको आईसीसी टी २० रद्द

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

मंगलबार राति देखि नै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् ।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स